४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

रुपन्देहीका २ परिवारमा होली कालो दिन बन्यो, रमाउने क्रममा २ जनाको मृत्यु



रुपन्देही ।
यस वर्षको होली धेरैको लागि रंगिन नै भएको होला । तर रुपन्देहीका २ परिवारलाई होली कालो दिनको रुपमा सावित भएको छ । कारण हो होली मनाउने क्रममा २ जनाको मृत्यु हुनु । रुपन्देही प्रहरीका अनुसार होली मनाउने क्रममा कंचन गाउँपालिका सिद्धार्थनगर नगरपालिकामा दुर्घटनामा परी दुई युवाको मृत्यु भएको हा । उनीहरुको मृत्यु तीव्र गतिमा मोटरसाइल चलाउँदा भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाका अनुसार कञ्चन गाउँपालिकाको लौघामा होली मनाएर फर्कंदै गर्दा तीव्र गतिमा चलाएको लु २५ प ६८०९ नं को मोटरसाइकल पल्टिएको थियो । सैनामैना नगरपालिका ८ का २६ वर्षीय दिलीप थापा सवारको ज्यान गएको हो ।

यस्तै होली खेल्दै हिडेका सिद्धार्थनगर नगरपालिकाको भैरहवामा अर्का एक युवकको परिवारलाई पनि होली कालो दिन बन्यो । भैरहवाको वसन्तपुरमा लु ३४ प ३४३५ र लु ३२ प ४२४४ नं को मोटरसाइकल ठोक्किदा २५ वर्षीय युवकको मृत्यु भएको हो। उनको पहिचान भएको छैन । उनले लु ३२ प ४२४४ नंको मोटरसाइकल चलाएका थिए । चालक उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५ शुक्रबार ००:००  १ : ५२ बजे