४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

वाणगंगामा जातिय भेदभाव बिरुद्धको दिवस मनाइयो



थानेश्वर अधिकारी, वाणगंगा ।
“सबै प्रकारका जातीय भेदभाव तथा छुवाछुत बिरुद्ध प्रतिरोध गरौ, सामाजिक न्याय सहितको समृद्ध र समावेशी नेपालको निर्माण गरौं” भन्ने मुल नाराका साथ जातीय भेदभाव बिरुद्धको ५४ औं अन्तर्राष्ट्रिय दिवस विहीबार ४ नं जितपुरमा बिबिध कार्यक्रम सहित भव्य रुपमा मनाइएको छ ।
सो अवसरमा ४ नं मा बिभिन्न नाराहरु लेखिएको प्ले कार्ड, व्यानर सहितको र्यालीले बजार परिक्रमा गरी बाणगंगा पार्टी प्यालेसमा आइ अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।
सो अन्र्तक्रियाका कार्यक्रमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि तथा संविधान सभा सदस्य बिनोद पहाडीले सदियौं देखी चल्दै आएको जातीय बिभेद अन्त्यका लागी थुप्रै दलित अगुवाहरुले बलिदानी गर्नु परेको कुरा स्मरण गर्दे आफुले संविधान सभा मार्फत दलितका हक अधिकारहरु संबिधानमा सुनिश्चित गर्नका लागी पहल गरेको बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पहाडीले हामी यो दिवश चाड बिशेष मात्र नभइ निरन्तर रुपमा मनाउदै जानुपर्ने कुरामा जोड दिनुभएको छ ।
कार्यक्रमका बिशिष्ट अतिथि तथा बाणगंगा नगर उप प्रमुख चक्र अर्यालले समाजमा हुने असमानता र जातीय बिभेदले गर्दा समुदायमा बिग्रह ल्याएको बताउदै सबै दलित समुदाय एकजुट भइ आफ्ना हक अधिकारका लागी आवाज बुलन्द पार्दे लैजानुपर्ने र सो को नगरपालिकाबाट आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
कार्यक्रमका अतिथि मुक्ति समाजका केन्द्रिय सदस्य, महिला अधिकारकर्मी मिना परियारले समाजमा रहेको कुसंस्कार र कुरितिको अन्त्य गर्नु नै आजको प्रमुख आवश्यकता रहेको बताउदै इतिहासमा भएका थुप्रै आन्दोलनको फलस्वरुप जातीय छुवाछुतमा न्युनिकरण आएता पनि यसको पुर्ण रुपमा अन्त्य हुन नसकेको कुरा बताउनु भएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला नेता हिमलाल वाग्ले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७५ बिहिबार ००:००  ४ : ५६ बजे