४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

प्रधानमन्त्री ओली शुक्रबार रुपन्देही आउदै, यस्तो छ कार्यक्रम



बुटवल ।
प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको शुभारम्भ गर्न शुक्रवार रुपन्देही आउँदै हुनुहुन्छ ।
रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासका लागि प्रधानमन्त्री ओली शुक्रबार बिहान रुपन्देही आउन लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीबाट शुक्रबार बिहान ११ बजे तिलोत्तमा नगरपालिका वडा नं १ स्थित नयाँ मिलमा मेडिकल कलेजको कार्यालयको उद्घाटन हुने कार्यक्रम रहेको कार्यालय प्रमुख मानबहादुर घिंमिरेले जानकारी दिनुभयो ।
यस्तै, शुक्रबार नै प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ सडकखण्डको स्तरोन्नति गर्ने आयोजनाअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित बुटवल मण्डप नजीकै अपरान्ह १२ः३० मा शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५ बिहिबार ००:००  ४ : ५१ बजे