४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

होली पर्वको औपचारिक विदाई, रेडियो मायादेवीको यस्तो भयो होली उत्सव



मायादेवी अनलाइन, वाणगंगा ।
विहीबार पूर्वी तथा पश्चिम तराईमा रंगहरुको पर्व होली हर्षोउल्लासका साथ मनाइएको छ । होलीको अवसरमा कपिलवस्तुका विभिन्न स्थानमा भव्य कार्यक्रम आयोजना गरिएको थियो । विहीबार दिनभर जिल्लाबासीले होली खेलेर पर्व मनाएका छन् । जिल्लाका तौलिहवा, चारनम्बर जीतपुर, चन्द्रौटा, कृष्णनगर, इमिलिया लगायतका स्थानमा भव्य कार्यक्रम गरि होली खेलिएको छ ।
सांस्कृतिक पर्व होलीका महत्व आफ्नै किसिमको छ । तराईमा नाचगान गर्दै एक–आपसमा रङ साटासाट गरेर होली मनाउने गरिन्छ । यद्यपि पछिल्लो समय तराईमा प्रचलित फागु पूर्णिमा अर्थात् होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ लोप हुँदै गएको छ ।
यसैबीच रेडियो मायादेवीको आयोजनामा जीतपुर चारनम्बरमा भव्य होली विशेष कार्यक्रम भएको छ । रेडियो मायादेवी र पिस हिमालय रिसोर्ट प्रालि ठाकुरापुरको आयोजनामा भएको कार्यक्रममा हजारौं दर्शकले साथ दिएका थिए ।
राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुतीमा होली कार्यक्रम भएको हो । कार्यक्रममा गायक पूर्णचन्द्र परियार, शिव खनाल, शारदा खनाल, बर्षा लम्साल, टुक संगीत लगायतले आ आफ्नो प्रस्तुती दिनुभएको थियो ।
कार्यक्रममा एक अर्का बीच रंग दलेर होली खेलिएको थियो भने विभिन्न नृत्यकारले आ आफ्नो प्रस्तुती दिएका थिए ।
यता जिल्लाको पश्चिमी क्षेत्र चन्द्रौटामा पनि विहानै देखि होलीको उत्सव थियो । जसमा आज विहान चन्द्रौटामा प्रदेश सांसद अर्जुन केसी र शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी लगायतले होली धुमधामले खेल्नुभएको छ ।
यता छिमेकी जिल्ला रुपन्देही, नवलपरासी, दाङ, बाँकेमा पनि होली पर्व धुमधामले मनाइएको छ । हिजो पहाडी तथा हिमाली भेगमा होली यसै गरी मनाइएको थियो ।

रेडियो मायादेवीको तस्बीरमा होली उत्सव

Image may contain: 11 people, people smiling, people standing and outdoorImage may contain: 4 people, people smiling, people standing, sky, shoes and outdoorImage may contain: 4 people, people smiling, people standing and outdoorImage may contain: 5 people, people smiling, people standing, shoes and outdoorImage may contain: 3 people, people standing, shoes and outdoorImage may contain: 5 people, people smiling, people standing, shoes and outdoor

प्रकाशित मिति : ७ चैत्र २०७५ बिहिबार ००:००  ४ : ४६ बजे