४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

सुनचाँदीको भाउ बढ्यो



काठमाडौं ।

सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुनको भाउ बिहीबार तोलाको ६० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा एक सय रुपैयाँ  घटेर ५९ हजार ७ सय मा कारोबार भएको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्रा्ष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महंगो भएको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुनको भाउ आज प्रति औंस १३ सय १९ डलर छ । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५ बिहिबार ००:००  ८ : १६ बजे