४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

आज तराई भेगमा होली : सरकारद्धारा सार्वजनिक विदा



काठमाडौँ ।
विहीबार (आज) पूर्वी तथा पश्चिम तराईमा रंगहरुको पर्व होली मनाइँदै छ । धुमधामका साथ मनाइने होली पर्वको तराईमा अलग्गै विशेषता छ ।
पूर्वी तराईका राजवंशी, सन्थाल, मुसहर, थारु तथा अन्य विविध जातजातिलगायत पश्चिमी भेगका नेपाली तराईवासीहरुसम्मले आज यो रङ्गीन चाड मनाउँदै छन् ।
सांस्कृतिक पर्व होलीका महत्व आफ्नै किसिमको छ । तराईमा नाचगान गर्दै एक(आपसमा रङ साटासाट गरेर होली मनाउने गरिन्छ । यद्यपि पछिल्लो समय तराईमा प्रचलित फागु पूर्णिमा अर्थात् होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ लोप हुँदै गएको छ ।
यो मौलिक गीत तराई(मधेसका शहर र गाउँ देहातमा होलीका बेला गाइने प्रचलित गीत हो तर आधुनिक आगन्तुक संस्कृतिको प्रभाव बढेसँगै यो मौलिक गीत हराउँदै गएको छ । अझ होलीमा भक्त प्रल्हादलाई आगोमा जलाउन खोज्ने होलिकालाई दहन गर्ने चलन छ ।
मिथिला भूमिमा भने धनुषाधामको कचुरीबाट डोला उठाएर जटहीलगायत महोत्तरीको मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ । यस्तो डोलीको तिर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ ।
कन्चनवनमा सकिएको परिक्रमा यात्रीहरु जनकपुरमा आएर अन्तगृह घुमेपछी होलीको समापन गरिन्छ । यस्ता पदयात्रामा राम अनि सीताका कथाहरु अनि भजन गाइन्छ । होली पर्वको अवसरमा आज सरकारले तराई भेगमा सार्वजनिक बिदा समेत दिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५ बिहिबार ००:००  २ : २८ बजे