५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कपिलवस्तुमा यसरी रोपियो धान, आश्चर्य नमान्नुहोला ! (फोटो फिचर)



विमल गैरे, वाणगंगा ।

कपिलवस्तुमा बुधबार चैते धान रोपिएको छ । जिल्लामै पहिलो पटक चैते धान रोपिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्रगत वाणगंगामा धानको सुपर जोन सञ्चालनमा छ । सोही परियोजनाको सहयोगमा चैते धान रोपिएको हो । वाणगंगा नगरपालिका वडा नं. ११ भडसडवामा बुधबार ५ कठ्ठामा धान रोपिएको कृषि प्राविधिक देविराम बेल्वासेले बताउनुभयो । यस्तै नगरका ७ स्थानमा गरी झण्डै ५ विगाह जग्गामा धान राप्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । हेर्नुहोस तस्बीरमा

 

 

 

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ५ : २५ बजे