५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची । 

मोेटर साईकल दुर्घटनामा परि अर्घाखाँची सितगंगा ३ ठाडा बजारटोलाका ३२ बर्षीय नन्द कुमार श्रेष्ठको मंगलबार राती मृत्यु भएको छ ।

पृथ्बी राजमार्गबाट दमौली तर्फ आउदै गरेको ना ४७ प ५५१४ नम्बरको मोटर साईकललाई सोही दिसाबाट आउदै गरेको बा ४ ख ७१० नम्बरको कन्टीनर मिनी ट्रकले तनहँ जिल्लाको सुक्लागण्डकी नगरपालिका २ हलेदीमा ठक्कर दिदा श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठ अर्घाखाँची सितगंगा ३ स्थायी घर भई ४ नम्बर प्रदेश कार्यालयमा कार्यरत थिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवलाई जिल्ला अस्पताल तनहुमा पोष्टमाट्म पछी आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

मृतक श्रेष्ठ सितगंगा ३ निवासी रामकृष्ण श्रेष्ठको कान्छी श्रीमती बाल कुमारी श्रेष्ठका एक्ला छोरा हुन् भने उनको एक श्रीमती र ६ बर्षिय एक छोरी छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ५ : १४ बजे