५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेविसंघ सामाजिक कार्यमा क्रियाशिल



मायादेवी अनलाइन, वाणगंगा ।
अरुले रङ्ग खेली होलि मनाईरहदा नेविसंघ र तरुण दल विद्यार्थी सङ्ग माया साटदै होलि मनाउदै सामाजिक कार्यका लागि नेविसंघ र तरुण दल भन्ने उद्देश्यका साथ गरिब जेहेन्दार विद्यार्थीका लागि नेविसंघ क्षेत्र नं १ र तरुण दल कपिलवस्तुले शैक्षिक सामग्री बितरण अभियान सुरु गरेको छ ।
बुधबार एक कार्यक्रमका बीच अरुले रङ्ग खेलि होलि मनाईरहँदा नेविसंघ र तरुण दलको आयोजनामा बुद्धभूमि नगरपालिका भित्रका करिब २ सय २० भन्दा बढी विद्यार्थीहरुलाई आधादर्जन कपि र कलम बितरण गरिएको छ ।

Image may contain: 4 people, people standingबुद्धभूमि नगरपालिका स्थित गौतमबुद्ध उमावि गोरुसिङ्गे, सिद्धार्थ स्मारक उमावि भेलाई र गङ्गाज्योती उमावि पत्थरकोट मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि पढन र थप अगाडि बढन हौसला मिलोस भन्दै यो कार्य गरिएको छ ।
बुधबार गौतमबुद्ध उमावि गोरुसिङ्गेमा भएको कार्यक्रमका बीच नेपाली कांग्रेसका जिल्ला सभापति एवम पुर्व सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यज्युको प्रमुख आतिथ्यतामा कपि तथा कलम बितरण प्रमुख अतिथिको हातबाट गरिएको थियो ।

Image may contain: 7 people, people sitting
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले नेपाली कांग्रेस सदैव जनताका साथमा रहेको अहिले नेविसंघ र तरुण दलले गरेको कामको मुक्तकण्ठाले प्रशंसा गर्नुभएको थियो । यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई पढनमा रुचि बढाउने हौसला मिल्ने भन्दै नेविसंघ तरुण दल बोल्ने भाषण मात्र हैन कि ब्यवहारमा नि गरेर देखाउने सङ्घठन रहेको बताउनु भयो ।


कम्युनिष्टहरु बोल्ने काम नगर्ने खाली हावादारी गफ गर्ने गरेकोले कम्युनिष्टका बिद्यार्थी सङ्गठन भन्दा नेविसंघ फरक रहेको बताउनुभयो । यो अभियान सुरु गरेकोमा बधाई दिदै आगामी दिनको सफलताको शुभकामना पनि ब्यक्त गर्नुभएको थियो । साथै मनाईरहेको पर्व होलिको पनि शुभकामना ब्यक्त गर्नुभयो ।
नेविसंघ र तरुण दल नै समाज र राष्ट्रका लागि केही गर्ने र समाज परिवर्तन गर्न सक्ने भएकाले थप यस्ता कार्यले प्रोत्साहन पाउनेपर्ने बताउनु भयो ।

Image may contain: 5 people, people sitting
यस्तै तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले नेविसंघ तरुणदलको यो अभियान जिल्ला भरिनै गरिने बताउदै यस अघि पनि यस्ता कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता कार्य गर्ने बताउनुभयो ।
यसैबीच महिला संघकी जिल्ला सभापति मिना केसी, बिधायक रिना नेपाल बिक, बाणगंगा नगर सभापति बिष्णु थापा, सिद्धार्थ स्मारक उमाविका प्रअ डिलाराम पौडेल लगायतले यो कार्य अति नै सरहानीय रहेको बताउदै यस्ता कार्यले अझ निरन्तरता पाउने पर्ने बताउनु भयो ।


नेविसंघ बुद्धभूमि नगरपालिकाका नेता अच्युत अर्यालको सभापतित्वमा भएको कार्यक्रममा करिब २ सय २० जनालाई कपि र कलम बाडिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ५ : ०८ बजे