५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

निग्रोधाराममा प्रदेश सरकारको चासो



कपिलवस्तु ।
जिल्लामा पहिलो पटक निग्रोधाराम उत्सव सम्पन्न भएको छ । शाक्यमुनि बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक गृह नगर कपिलवस्तु आएको दिनको स्मरण गर्दै आज धुमधामका साथ कुदान क्षेत्रमा उत्सव सम्पन्न गरिएको हो ।
उत्सवको उद्घाटन गर्दै प्रदेश नं. ५ का पर्यटन, उद्योग वन तथा वातावरण मन्त्री लीला गिरीले लुम्बिनीको विकाससँगै अब कपिलवस्तुका बौद्धकालीन पुरातात्विक स्थलको विकासमा प्रदेश सरकारले विशेष चासो लिएको बताउनुभयो ।
बुद्धसँग सम्बन्धित क्षेत्रहरुलाई व्यवस्थित गरेर यसलाई अन्तर्रा्ष्ट्रिय स्तरको गन्तव्यको रुपमा स्थापित गरिने मन्त्री गिरीले बताउनु भयो । मन्त्री गिरीले दश वर्ष्भित्र देशको प्रमुख अर्थतन्त्र पर्यटनमा अधारित हुने बताउनुभएको छ ।
त्यस अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले भगवान बुद्ध, यहाँ हुर्केका एक बालक बुद्ध भएर फर्किँदा पहिलो चोटी आफ्नो नगर आउँदा भनेर सुरुवात गरेको पुण्यतिथिलाई लिएर र निग्राधारामको महत्वलाई उजागर गर्न उत्सवको आयोजना गरिएको बताउनुभएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा प्रदेश नं. ५ का संसदका सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेय, प्रदेश सभा सदस्यहरु धरमबहादुर लाल श्रीवास्तव, रुन्धावती दुवे, रिना नेपाललगायतको उपस्थिति रहेको थियो । –गोपाल भण्डारीबाट

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ४ : ४२ बजे