५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

एकिकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको अध्यक्षमा भुसाल



गणेश बेल्बासे संगम, अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क स्थित साथी होटलको सभा हलमा एकिकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम युवराज भुसालको अध्यक्षतामा र उक्त संगठनका केन्द्रिय उपाध्यक्ष मान बहादुर पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको चौथो जिल्ला सम्मेलनबाट निर्वाचित जिल्ला समन्वय समितिमा युवराज भुसालको अध्यक्षतामा ३९ सदस्यीय कमिटि चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा नवराज पोख्रेल, महिला उपाध्यक्षमा माधवा भुसाल, उपाध्यक्षमा रुद्रमणि खनाल, टेक नारायण गैरे, भोजराज पाण्डे , सचिवमा बसन्त खड्का, अर्थ सह(सचिव नवराज न्यौपाने, सह सचिवमा नहकुलमान रेश्मी, पार्वता विक र खुम बहादुर बस्नेत सहितको ३९ सदस्यको जिल्ला समन्वय समिति चयन भएको छ । साथै कमल प्रसाद घिमिरेको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति चयन भएको छ ।
उक्त कार्यक्रममा प्रत्येक पालिकाका संगठनका गतिविधिहरुलाई व्यवस्थित गर्नका लागि पालिका इन्चार्जहरु समेत तोकिएको छ । जस अन्तर्गत छत्रदेव गाउपालिकामा भोजराज पाण्डे, मालारानी गाउपालिकामा बसन्त खड्का, भुमिकास्थान नगरपालिकामा रुद्रमणी खनाल, सन्धिखर्क नगरपालिकामा माधवा भुसाल, पाणिनी गाउपालिकामा टेकनारायण गैरे र शितगंगा नगरपालिकामा नवराज न्यौपाने रहनु भएको छ । त्यस्तै पालिकास्तरका बैठकहरु सम्पन्न गर्ने निर्णय गरेको छ जस अन्तरगत २०७५र१२र१६ गते स।न।पा।,पाणिनी गा।पा। र छत्रदेव गा।पा। मा गरिने भएको छ भने आउँदो चैत्र २३ गते मालारानी गा।पा।, शितगंगा न।पा। र भुमिकास्थान न।पा।मा सम्पन्न बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।त्यसैगरि सोही कार्यक्रमबाट महासंघ गठन तथा संगठनको अभिलेख व्यवस्थापनको लागि शिक्षक ,कर्मचारीको विवरण र सदस्यता शुल्कको यथार्थ विवरण प्रत्येक पालिका अध्यक्षले सम्बन्धित पालिका इन्चार्ज मार्फत आउँदो चैत्र २५ गते भित्र संगठनको जिल्ला समन्वय समितिमा पेश गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा किशोर ठाकुर विक, झमकुमारी खनाल चिनारी, टोज बहादुर रायमाझी, शुभासचन्द्र बन्जाडे, कमल प्रसाद घिमिरे लगाएतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रूद्रमाणि खनालले गर्नु भएकोे थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  १० : ३७ बजे