५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कपिलवस्तुको शिवराजमा एक वृद्धको हत्या



कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ पिपरीमा आज बिहान एक वृद्धको हत्या गरिएको छ । स्थानीय ७० वर्षीय त्रिवेणी अहिरको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
हत्या भएका यादवको टाउको र अनुहारमा इँटा प्रहार गरिएको छ । राति आफ्नै ओच्छ्यानमा सुतिरहेको अवस्थामा उहाँमाथि इँटा प्रहार भएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनुभयो ।
घटनास्थलमा आर्थिक लेनदेनसम्बन्धी लेखिएको एउटा कागज फेला परेको प्रहरीले जनाएको छ । शव पोस्टमर्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । हत्या भएका अहिर त्यसै स्थानमा रहेको एक हनुमान मन्दिरको धर्मशालामा १० वर्ष देखि बस्दै आउनु भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  १० : ०५ बजे