५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

स्काभेटर दुर्घटनामा चालकको मृत्यु



ओखलढुङ्गा ।
मानेभञ्ज्याङ गाउँपालिका–५ बोलेथामडाँडामा स्काभेटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सुनकोशी गाउँपालिका–३ सिस्नेरीका करिब १८ वर्षीय जीवन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
मंगलबार अपराह्न साढे ५ बजे सोलु कोरिडोरको टावरको पोल राख्न खाल्डो खन्ने क्रममा ना १ क ७७९४ नम्बरको स्काभेटर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख डिएसपी पुष्पराज मल्लले बताए। डोजर सडकबाट करिब ८०० मिटर तल खसेको छ । दुर्घटनास्थल विकट ठाउँमा भएकाले मृतकको शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ९ : ४८ बजे