५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कृष्णनगर बितरण केन्द्रको ट्रन्सफर्मर चोरी



मनिष गुप्ता, बहादुरगञ्ज ।
गएराति कृष्णनगर बितरण केन्द्रको ट्रन्सफर्मर चोरी भएको छ । कृष्णनगर बितरण केन्द्रले कृष्णनगर १० सौनहवामा लगाईएको ट्रन्सफर्मर चोरी भएको बितरण केन्द्रले जनाएको छ ।
चोरी भएको ट्रन्सफर्मर १ सय केभी रहेको ६ लाख मूल्य पर्ने कार्यलय प्रमुख लक्ष्मि केस्वर अकान्जाले जनाएको छ ।
ट्रान्सफर्मर चोरी गर्ने मन्छेको खोज तलास भई रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक रवि रावलले जनाएका छन ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ८ : ५९ बजे