५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

होलीको अवसरमा प्रदेश ५ का मुख्यमन्त्रीको शुभकामना



बुटवल ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्व र संस्कृतिलाई सही ढङ्गले मनाउँदै समाजमा सद्भाव, मेलमिलाप र विश्वास बढाउन सकिएमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुँदै जाने बताउनुभएको छ ।

उहाँले होलीपर्वको अवसरमा आज प्रदेशवासी जनतामा व्यक्त गर्नुभएको शुभकामना सन्देशमा विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै सामाजिक सम्बन्धलाई बलियो बनाउन हाम्रा सांस्कृतिक पर्वले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नु भएको छ ।

नेपालको मौलिक पर्वको रुपमा नेपाली समाजमा स्थापित होलीपर्व अथार्त फागुपूर्णिमा कुनै समुदाय र ठाउँ विशेषमा नभएर होली साझा पर्वको रुपमा स्थापित भइसकेको मुख्यमन्त्री पोखरेलले बताउनुभएको छ । (रासस)

 

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ८ : ०६ बजे