५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पिपरीमा इट्टा प्रहार गरी वृद्धाको हत्या, अनुसन्धान चल्दै



मायादेवी अनलाइन, चन्द्रौटा ।

कपिलवस्तुको पश्चिमी क्षेत्र शिवराज नगरपालिकामा इट्टा प्रहारबाट एक बृद्धको हत्या गरिएको छ । शिवराज नगरपालिका वडा नं. ६ पिपरी भन्ने स्थानमा ती बृद्धाको हत्या गरिएको हो ।

अन्दाजी ७० बर्षिय त्रिवेणी यादवको हत्या भएको प्रहरीले जनाएको छ । बुधबार राती करिब ३ बजेको समयमा त्रिवेणीको हत्या भएको आशंका छ । पिपरी घर भएका त्रिवेणी केही बर्ष देखी पिपरी चोकमा रहेको गणपती पेट्रोल पम्प अगाडी विरपुर स्वास्थ्य चौकी नजिकै घर बनाई बस्दै आएका थिए ।

त्रिवेणीको टाँउको र अनुहारमा इट्टा प्रहार गरी हत्या गरिएको छ । आफ्नै ओछ्यानमा सुती रहेको अवास्थामा उनीमाथी इट्टा प्रहार गरी विभत्स हत्या गरिएको हो । त्रिवेणीको शब नजिकै अवधि भाषा लेखिएको एक पत्र पनि भेटिएको छ ।

पत्रमा आर्थिक लेनदेनको विषय रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्ययले जानकारी दिए । बुधबार विहान स्थानीयले हत्याभएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्याबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ३ : २५ बजे