५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ओदारीमा रहेको स्काइलार्कले छिट्टै उच्च शिक्षा पनि संचालन गर्ने



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा– ११ ओदारीमा रहेको स्काइलार्क बोर्डिङ स्कुलले छिट्टै उच्च शिक्षा पनि संचालन गर्ने जनाएको छ । विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरीे अहिलेसम्म गरेका कामहरुको बारेमा जानकारी दिँदै विद्यालयको भावी रणनीतिको बारेमा पनि अवगत गराएको हो । यस क्षेत्रमा नीजि क्षेत्रबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको सो विद्यालयले विद्यार्थी र अभिभावकको मागलाई ध्यानमा राख्दै अब छिटै उच्च शिक्षा संचालन गर्ने जनाएको हो ।
विद्यालयका अध्यक्ष तोलाकान्त डुम्रेले उच्च शिक्षा संगै स्नातक सम्म पनि शैक्षिक गतिविधि संचालन गर्ने गरी तयारी गरिरहेको जनाउनुभयो । कार्यक्रममा विद्यालयका गतिविधि र भावी रणनीति प्रस्तुत गर्दै डुम्रेले विद्यालयमा थप भौतिक पूर्बाधार र प्रविधिको विकास गरिने पनि जानकारी दिनुभयो ।
कार्यक्रममा प्राचार्य कमल पौडेलले अहिले सम्म विद्यालयले प्रदान गरेको शिक्षाबाट यस क्षेत्रका विद्यार्थी र अभिभभावक पनि सन्तुष्ट रहेको बताउँदै अब विद्यालयले थप स्तरीय आवासीय व्यवस्था मिलाउने बताउनु भयो ।
कार्यक्रममा एकेडेमी इन्चार्ज ध्रुव पौडेल, लेखापाल पशुपतिनाथ शुक्ला लगायतको उपस्थििति रहेको थियो । विद्यालयमा अहिले करिब ९ सय विद्यार्थी अध्ययनरत छन् भने यस बर्षको एसइइमा २७ जनाले सहभागिता जनाउँदै छन् ।
विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलाप पनि गर्दै आइरहेको छ । मंगलबारको कार्यक्रम अध्यक्ष डुम्रेको अध्यक्षता र शिक्षक टेक बहादुर क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  २ : ३५ बजे