५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

काभ्रेमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान



काठमाडौं ।
काभ्रेमा विप्लवका कार्यकर्ता र प्रहरी बीच गोली चलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले घटनाको पुष्टि गरेका छन ।
विप्लव समूहका केही सदस्यलाई फलो गर्दै हाम्रो टोली त्यसतर्फ गएको थियो । उनीहरुले गोली चलाएपछि दोहोरो फायरिङ भएको समाचार छ । हाल महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोली घटनास्थलमा छ ।
यसअघि २८ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपाल प्रहरीले समूहका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  ४ : ४० बजे