५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रचण्डका लागि अमेरिकामा ‘नो इन्भेस्टिगेसन सर्कुलर’



एजेन्सी ।
अमेरिका भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका लागि अमेरिकी सरकारले नो इन्भेस्टिगेसन सर्कुलर जारी गरेको छ । श्रीमती सीता दाहालको उपचारका लागि अमेरिकामा रहेका प्रचण्डका लागि अमेरिकी सरकारले आफ्ना निकायहरूमा नो इन्भेस्टिगेसन सर्कुलर जारी गरेको नेपालका लागि अभेरिकी दूतावासले जनाएको छ ।
प्रचण्डको अमेरिका भ्रमण शुरु हुनुअघि नै अमेरिका स्थित नेपाली दूतावास र नेपाल स्थित अमेरिकी दुतावासको सहकार्यमा अमेरिकी सरकारले उनीविरुद्ध कुनै पनि प्रकारको अनुसन्धान नगर्ने सर्कुलर जारी गरेको हो । दूतावास स्रोतका अनुसार यो कामका लागि नेपाली राजदूत डा. अर्जुनबहादुर कार्की र नेपाका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पहल गरेका थिए ।
सोमबार अमेरिका पुगेका प्रचण्डले श्रीमती सीताको उपचार गराइरहेका छन । जनयुद्धका घटनामा दोषी रहेको भनेर तत्कालिन नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डलाई पक्राउ गरेर आतंकारी अपराधीको रूपमा कार्वाही गर्नुपर्ने उजुरी अमेरिकी प्रशासनमा परेको खबर सार्वजनिक भएका थिए । अमेरिकामा बस्ने नेपालीले त्यस्तो उजुरी हालेको सार्वजनिक भएको थियो । साभार थाहा खबर डटकमबाट 

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  ४ : ३७ बजे