१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वडा नं. १ बाट गर्भवती घर पहिचान कार्यक्रम सुरु



मायादेवी अनलाइन, चन्द्रौटा ।

कपिलवस्तुको शिबराज नगरपालिका १ मा रहेको शिबपुर स्वास्थ्य चौकीले गर्भवती घर पहिचान कार्यक्रम सुरु गरेको छ । गर्भवती महिलाको पहिचानको लागि घरमा निलो रङको झण्डा राखिने भएको छ । शिबपुर स्वास्थ चौकीका इञ्चार्ज लेखनाथ पौडेलले गर्भवती महिलाहरुलाई झण्डा प्रदान गर्नु भएको हो ।

चार महिनामा पहिलो पटक गर्भ जाँच गर्न आउने समयमा गर्भवतीलाई पहिचानका लागि झण्डा प्रदान गर्ने पौडेलले बताउनुभयो । झण्डा भएको घरमा स्वास्थ चौकी बाट स्वास्थकर्मी तथा स्वास्थ स्वय्मसेबिकाहरुले बिभिन्न सेवा दिन घरमै पुग्ने छन ।

साथै झण्डा भएका गर्भवतीहरुलाई सरकारले दिने सेवा सुबिधा प्रदान गरिने भएकोले पनि सम्पुर्ण गर्भवतीहरुलाई अनिवार्य झण्डा घरमा राख्न अनुरोध गरिएको छ ।

अभिमुखी करण कार्यक्रममा सहभागी भएका ६० जना गर्भवती महिलाहरुलाइ ४ पटक गर्भजाँच, समय समयमा लगाउनु पर्ने टिटि खोप स्वास्थ संस्थामा गर्भवती हुँदा दिने सेवाशुबिधा लगायत नियमित गर्भ जाँच गर्दा हुने फाइदा तथा सरकारले दिने सुबिधाको बारेमा स्वास्थ चौकीका इञ्चार्ज पौडेलले सहजीकरण गर्नु भएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  ४ : १४ बजे