५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

जिल्ला अदालत दाङमा भिडियो कन्फ्रेन्सबाट न्यायिक सेवा



दाङ ।
जिल्ला अदालत दाङले भिडियो कन्फ्रेन्सबाट न्यायिक सेवा दिन सुरु गरेको छ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले मंगलबार सेवाको उद्घाटन गर्नुभएको हो ।

यस सेवाले म्याद थप जस्ता प्रकृयागत न्यायिक सेवाका लागि कैदीबन्दीलाई अदालतमै पुर्‍याउनु पर्ने बाध्यताको अन्त्य हुने अदालतले जनाएको छ ।

पहिलो दिन आज मंगलबार जिल्ला प्रहरी कार्यालय दाङमा रहेका एक बन्दीको भिडियो कन्फ्रेन्सबाट म्याद थप गरिएको छ । जिल्ला भित्र रहेका प्रहरीका युनिटमा पनि आवश्यक उपकरण राखि अदालतसँग भिडियो कन्फ्रेन्सबाट काम गर्न सक्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

देशभरका जुनसुकै प्रहरी युनिट वा अदालतसँग भिडियो कन्फ्रेन्सकै माध्यमबाट न्यायिक काम गर्न सक्ने अवस्थामा अदालत पुगेको जिल्ला न्यायाधीश हेमन्त रावलले बताउनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  ३ : ४१ बजे