५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

म कुनै पार्टीका लागि चुनावी प्रचार गर्दिनः आमिर खान



मुम्बई ।
मिस्टर परफेक्सनिस्टुको नामले कैंयौंको मनमा बस्न सफल बलिउड अभिनेता आमिर खानले आफूले कुनै पार्टीको प्रचार नगर्ने घोषणा गरेका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा जनतालाई भोट गर्न अपील गरिदिन धेरै कलाकारलाई अनुरोध गरेका थिए। प्रधानमन्त्रीले चाहने कलाकारको सूचीमा अभिनेता खानको नाम पनि सामेल रहेको बुझिएको छ।

आमिर हरेक वर्षजस्तै यस वर्ष पनि आफ्नो जन्मदिनमा पत्रकारहरुसँग भेटघाटमा रहे। सो दौरानमा उनलाई पत्रकारहरुले सोधे, ‘के चुनाव प्रचारका लागि तपाईंको नाम पनि सामेल छ

पत्रकारको प्रश्नको जवाफ दिँदै आमिरले भने, ‘यो निकै खुसीको कुरा हो की यो प्रक्रियामा धेरै भन्दा धेरै व्यक्तिहरु जोडिएका छन्। नरेन्द्र मोदी यो देशका प्रधानमन्त्री हुनुहुन्छ र उहाँले केही व्यक्तिसँग जनतालाई भोट गर्न मतदान स्थलसम्म पुग्न अपिल गर्न आग्रह गर्नु राम्रो कुरा हो। त्यसमाथि सेलिब्रेटीहरुले भन्दा धेरै मानिसमा प्रभाव पर्दछ।’

उनले सबै जनतालाई आफ्नो मताधिकारको सदुपयोग गर्न आग्रह गर्ने बताउँदै आमिरले आफूले यो पार्टीको लागि भोट दिनुस् भनेर नभन्ने स्पष्ट पारे।

‘यो होइन कि मात्र मोदीजीले पहिलोपटक यस्तो अपिल गर्नुभएको हो। चुनाव आयोग आफैंले मलाई धेरै पटक ‘सद्भावना दूत’का रुपमा समेत प्रयोग गरेको छ। आयोग चाहन्थ्यो कि दूतका रुपमा मैले जनतालाई भोट गर्नका लगि अपिल गरुँ’, आमिरले भने, ‘यो वर्ष मात्रै राज्यका तर्फबाट यस्तो अनुरोध गरिएको होइन, यो धेरै वर्षदेखि हुँदै आएको छ। मसहित अन्य धेरै कलाकारलाई अनुरोध गर्ने गरिएको थियो की जनतालाई भोट हाल्नका लागि प्रेरित गरौं। तर, म यो भन्दिन की तपाईं यो वा त्यो व्यक्ति तथा पार्टीलाई भोट गर्नुस्।’

जनतालाई भोट दिन गरे प्रेरित

उनले भारतीय जनता आफैं जागरुक भएको बताउँदै भोट क(कसलाई हाल्ने सम्बन्धमा बताइराख्नु नपर्ने तर्क गरे।

‘मैलै कसलाई भोट हाल्नुपर्छ भनेर बताउन सक्दिन। किनकी सबै भारतीय नागरिक स्मार्ट छन्। उनीहरु आफैं सोच्न सक्छन् कि कसरी भोट गर्ने, कसलाई भोट गर्ने। यसबारेमा उनीहरुले आफैं सोच्नुपर्ने हुन्छ कि कुन मुद्दा आफ्ना लागि उपयोगी छ र त्यो मुद्दा कसले उठाइरहेको छ। त्यसकारण सबैजनाले आफ्नो उचित समय निकालेर मतदानस्थलमा आउनुहोस् र आफ्नो भोट दिनुहोस्।’

‘के तपाईं बिजेपीका लागि प्रचार गर्नुहुन्छरु’ भन्ने प्रश्नमा आमिरले आफूले कसैका लागि कुनै पनि किसिमको प्रचार नगर्ने स्पष्ट पारे।

‘लालसिंह चड्ढा’मा आमिरले पहिलो पटक पगरी बाँध्ने

केही महिनाअघि मात्रै रिलिज भएको आमिरको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ बक्सअफिसमा फ्लप भएको थियो। यसमा आमिर आफैं दुःख मान्छन्। उनलाई लाग्छ कि सो फिल्मको कथा राम्रो थिएन।

सो क्रममा आमिरले नयाँ फिल्मको सुटिङ सुरु गर्न लागेको जानकारी समेत दिए। फिल्मको नाम ‘लालसिंह चड्ढा’ रहने उनले बताए। जसमा आमिर आफैं मुख्य कलाकारको रुपमा प्रस्तुत हुनेछन्।‘बाँकि स्टारकास्ट अझैसम्म तय भएका छैनन्’, आमिर भन्छन्, ‘म यस फिल्ममा शिखको भूमिकामा देखिनेछु। पहिलो पटक पगरीमा पर्दामा देखिन लागेको छु।’
आमिरले यसै फिल्मका लागि भन्दै आगामी ६ महिनामा २० किलो वजन घटाउनु पर्नेछ। सोका लागि उनले तयारी सुरु गरिसकेको पनि जनाए। फिल्म अद्वैत चन्दनले निर्देशन गर्नेछन्। जसले ‘सिक्रेट सुपरस्टार’ को निर्देशन गरेका थिए। ‘लालसिंह चड्ढा’ फिल्मको कथा अतुल कुलकर्णीले लेखेका हुन्। यो फिल्म अंग्रेजी फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  १० : १४ बजे