५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ट्रक दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो 



चितवन ।

नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिक २ नम्बर पुलको ठाडो खोलामा ट्रक खस्दा मृत्यु हुने र घाइते भएका ४ जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ३५ वर्षीय मधुकर पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तै चितवन ईच्छाकामना गाउँपालिका ६ की १७ वर्षीया प्रमिला गुरुङ, सोही स्थानकी १७ वर्षीया कञ्चन गुरुङ, ट्रक चालक माडी नगरपालीका ११ का ४० वर्षीय सञ्जय महत्तो र भारत विहार मोतिहारीका २८ वर्षीय अनुवर मिया घाइते भएका छन् ।

घाइते चारै जनाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट नारायगढतर्फ आउँदै गरेको ना ५ ख १४३ नम्बरको खाली ट्रक मंगलबार बिहान ७स्१५ बजे ईच्छाकामना गाँउपालिका(५ कालीखोला नजिकै ठाडो खोलामा अनियन्त्रित भई सडकबाट करिव ७० मिटर तल खसेको थियो। ट्रक घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  १० : ०३ बजे