५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ऐतिहासिक सफलता मिलेको भन्दै सिके राउतका कार्यकताले गरे प्रदर्शन



सिरहा ।
डा.सीके राउत नेतृत्वको नवगठित जनमत पार्टीले लहानमा आज प्रदर्शन गरेको छ । सरकारसँग ११ बुँदे सम्झौतालाई ऐतिहासिक सफलता मान्दै डा।राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएपनि प्रर्दशन मात्र गरिएको हो । प्रदर्शनका क्रममा डा. राउतले लहानस्थित मधेस आन्दोलनका शहिद रमेश महतोलगायतको शालिकमा माल्यार्पण गरेका छन् । अलग मधेसको मुद्दा छाडेपछि राउतका समर्थक घटेको र प्रदर्शन पनि फितलो भएको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  ९ : २७ बजे