५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मोटरसाइकल र रिक्सा ठोक्किँदा एकजनाको मृत्यु



काठमाडौँ ।
मोटरसाइकल रिक्सामा ठोक्किँदा काठमाडौँको बालाजुमा एकजनाको ज्यान गएको छ । सोमबार राति पौने ११ बजे बा ७५ प ३७२२ नम्बरको मोटरसाइकलले रिक्सालाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि बसेका एकजनाको उचारको क्रममा राति नै ट्रमा सेन्टरमा ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा काभ्रेका ३६ वर्षे हरि श्रेष्ठ रहेका छन् । रिक्सा चालक उपचारपछि घर फर्किएका छन् । मोटसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  ८ : ४९ बजे