५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पूर्व एसपी डिल्लीराज बिष्टद्वारा अदालत समक्ष आत्मसमर्पण



धनगढी ।
कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज बिष्टले अदालतमा आत्मसमर्पण गरेका छन् । निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि बिष्ट मंगलबार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् ।
लामो समयदेखि सम्पर्क बिहीन रहेका बिष्ट मंगलबार करिब ११ बजेतिर अदालतमा उपस्थित भएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । उनका अनुसार बिष्टको बयान लिने तयारी भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  ८ : ४३ बजे