५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ड्राइभर र सहयोगीलाई आलियाको उपहार, जन्मदिनमा किनि दिइन् मुम्बईमा घर



एजेन्सी ।
बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला उनको व्यक्तिगत र प्रोफेसनल जिन्दगीको निकै नै सुन्दर पलमा छिन् । उनी एक पछि अर्को गर्दै सुपरहिट फिल्म दिएर बलिउडकै टप अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् ।
आलिया अहिले अभिनेता रणवीर कपूरलाई डेट गरिरहेकी छिन् । रणवीरको परिवार र आलियाको परिवारले पनि उनीहरुको सम्बन्धलाई सहर्ष स्वीकार गरिसकेको छ । तसर्थ आलिया भट्ट स्वयमले आफू अहिले जीवनको सुन्दर पल बिताइरहेकोे कुरा मिडियासँग बताएकी थिइन् । अहिले फेरि आलिया भट्टको मिडियामा चर्चा भइरहेको छ ।

तर यो चर्चा उनको कनै फिल्म वा प्रेम प्रसंगलाई लिएर भने भएको होइन । सन् २०१२ देखि बलिउड करियर सुरु गरेकी आलिया भट्टलाई उनका ड्राईभर सुनिल र सहयोगी अमोलले साथ दिदै आइरहेका थिए ।

यि दुबै जनलाई आलिया भट्ट आफ्नो परिवारको सदस्य झैँ मान्ने गर्छिन् । यही कारण आलिया भट्टले उनका ड्राइभर सुनिल र अमोलाई ५० लाख रुपैयाँ मूल्य पर्ने घर उपहार स्वरुप दिएकी छिन् ।
आलियाले उनको २६औंँ जन्मदिनको अवसरमा सुनिल र अमोलाई यति महंगो उपहार दिएकी हुन् । आलियाले सुनिल र अमोललाई मुम्बईमा घर किन्नका लागि ५०र५० लाख रुपैयाँ दिएकी हुन् । खबरहरुका अनुसार सुनिल र अमोलले मुम्बईको जुहुमा आफ्ना लागि घर पनि बुक गरिसकेका छन् ।

अभिनेत्री आलिया भट्ट यतिबेला उनको आगामी फिल्म ‘कलंक’ को प्रमोशनमा व्यस्त छिन् । यस फिल्मको टिजर रिलिज भइसकेको छ भने फिल्मको पहिलो गीत पनि हालै रिलिज भएको छ ।
करण जोहरको निर्माण रहेको फिल्म ‘कलंक’ मा अभिनेत्री आलिया भट्टका साथै वरुण धवन, माधुरी दिक्षित, सञ्जय दत्त, सोनाक्षी सिन्हा, आदित्य रोय कपूर मुख्य भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  ८ : ३५ बजे