५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पूर्वडीआईजी पार्वती थापा फोरममा प्रवेश



काठमाडौं ।
नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा राजनीतिमा लागेकी छन् । विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरु राजनीतिमा प्रवेश गर्ने क्रम चलिरहेका बेला थापा औपचारिक रुपमै संघीय समाजवादी फोरम प्रवेश गरेकी हुन् ।
संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले थापा औपचारिक रुपमा आफ्नो पार्टीमा प्रवेश गरेको पुष्टि गरिन् ।
प्रहरी सेवाबाट बिदा लिएपछि थापा गुमनामजस्तै थिइन् । पार्टी प्रवेश गरेकी थापालाई कुन जिम्मेवारी दिइएको छ भन्नेबारे भने फोरमले केही बताएको छैन । यसअघि मात्रै डीआईजी नवराज सिलवाल नेकपा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  ६ : ४५ बजे