५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गोवाको मुख्यमन्त्रीमा प्रमोद सावंत नियुक्त



एजेन्सी । 

भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएपछि विधानसभाका सभामुख प्रमोद सावंतले मंगलबार राति दुई बजे मुख्यमन्त्रीका शपथ लिएका छन् । उनले राजभवनमा राति मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

सावंतसँगै ११ विधायकले मन्त्रीको शपथ लिएका छन् । पर्रिकर सरकारमा रहेका ९ सहित महाराष्ट्रवादी गोमांतक पार्टीका सुधिन धवलिकर र गोवा फर्वार्ड पार्टीका अध्यक्ष विजय सरदेसाईले मन्त्रीको शपथ लिएका हुन् । धवलिकर र सरदेसाईलाई उप मुख्यमन्त्रीको जिम्मेवारी पनि दिइने चर्चा छ ।

सोमबार दिउँसो पर्रिकरको अन्तिम संस्कारपछि गोवामा राजनीतिक सरगर्मी बढेको थियो । आइतबार बेलुका नै केन्द्रीय मन्त्री नितिन गडकरी गोवा पुगेका थिए । सोमबार अबेर राति उनी पार्टी तथा समर्थक पार्टीका विधायकको पत्र लिएर राजभवन पुगेका हुन् ।

४० सिटको गोवामा अहिले ३६ विधायक छन् । कांग्रेसका १४ र भाजपाका १२ विधायक छन् । अरु स्थानीय पार्टीका विधायक छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  २ : २९ बजे