५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बाणगंगामा अन्नपूर्ण पितृमोक्ष प्रेम ज्ञान महायज्ञ सुरु, दानबीर खड्काले गरे १ लाख बढी सहयोग



मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा- ८ चप्परगाउँमा आजदेखि अन्नपूर्ण पितृमोक्ष तथा प्रेम ज्ञान महायज्ञ सुरु भएको छ । नेपाल सरकारले सन् २०२० मा मनाउन लागेको नेपाल भ्रमण बर्षलाई सफल बनाउन प्रदेश ५ का धार्मिक स्थलको कथाको नामबाट प्रचार गर्ने र आयोजक संस्था जजनी जनसेवा ट्रस्टको नाममा अक्षयकोष स्थापना गर्ने रहेको छ । महायज्ञको आज शुद्धोद्धन गाउँपालिका निवासी रीत बहादुर खड्काले उद्घाटन गर्नुभएको थियो । आजको उद्घाटन सत्रमा स्थानीयले कला संस्कृति सहित कलस यात्रा निकालेका थिए भने स्थानीय भजन मण्डली टोलीले भजन पनि प्रस्तुत गरेको थियो । त्यस्तै थारु युवायुवतीहरुले विशेष थारु संस्कृति प्रस्तुत गरेका थिए । जननी जनसेवा ट्रस्टको आयोजनामा सुरु भएको महायज्ञ यही चैत्र १२ गतेसम्म संचालन हुने छ ।Image may contain: 3 people, crowd and outdoor
आजको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समयमा नीति शिक्षा हराउदा समाजमा विकृति मौलाएको बताएका छन् । प्रमुख अतिथि तथा वरिष्ठ समाजसेवाी तथा दानवीर, जननी जनसेवा ट्रस्टका मानार्थ सदस्य खड्काले यो कार्यक्रमले समाजमा हराउँदै गएको नीति शिक्षालाई जगाएको बताउनु भयो । पछिल्लो समय मानवता हराएकोमा चिन्ता व्यक्त गर्दै अब मानवतावादी समाज निर्माण गर्नको लागि टोलैटोलमा यस्ता कार्यक्रम गर्नु पर्ने आवश्यकता औँल्याउनु भयो । महायज्ञको सुरुमै प्रभावित भएर १ लाख बढी घोषणा गर्नु भएका उहाँले महायज्ञको लक्ष्य पवित्र लागेर सफलताको लागि आफूले सहयोग गरेको बताउनु भयो । Image may contain: 3 people, including भुवन गुरु, people sitting
कार्यक्रममा बोल्दै प्रमुख बाचक ब्यासाचार्य भुवन गुरुले समाजमा जागरण ल्याउनको लागि आफू विश्वव्यापी रुपमा अध्यात्मिक कार्यक्रममा लागेको बताउनु भयो । उहाँले अबको १ हप्तासम्म कथाको माध्यमबाट संगितमय कथा वाचन गर्नुहुने छ भने प्रदेश ५ मा रहेका पर्यटकीय स्थललाई कथाको माध्यमबाट प्रचार गर्नुहुने छ । Image may contain: 12 people, including भुवन गुरु, people smiling, people standing
गुरुकुल शिक्षा परिषदका केन्द्रिय सल्लाहाकार क्रषिकेशव भारद्धाजले मुलुकमा गुरुकुल शिक्षाको अभाव हुँदा समाजमा मानवता हराई विकृति मौलाएको बताउनु भयो । शैक्षिक व्यत्तित्व रोमाकान्त घिमिरे र गोविन्द पोख्रेलले अब हरेक नीजि तथा सामुदायिक विद्यालयमा संस्कृत शिक्षा आवश्यक रहेको बताउनु भयो । नगरका प्याबसन अध्यक्ष तथा ज्ञानपुञ्ज बोर्डिङ राजपुरका प्रिन्सिपल समेत रहनु भएका रोमाकान्त घिमिरेले अब बाणगंगाा नगरका हरेक विद्यालयमा संस्कृत शिक्षाको पठनपाठन सुरु हुने बताउनु भयो । Image may contain: 4 people, people smiling
जननी जन सेवा ट्रस्ट रुपन्देहीका अध्यक्ष चिन्तामणी घिमिरे लगायतले बोल्दै संस्कृति संरक्षणमा सबै लाग्नु पर्ने बताउनुभयो । आफूहरुले संकल्प देशभर ट्रस्टको नामबाट यस्ता धार्मिक कार्यक्रम गर्ने रहेको हुँदा अब देशभर यस्ता कार्यक्रम गरिने उद्घोष गर्नुभयो । यज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमलाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रेडियो मायादेवीका स्टेशन चन्द्रकान्त न्यौपानेले गर्नुभएको थियो ।
Image may contain: 5 people, including Govinda Raj Pokhrel, people smiling, people standing and outdoorयसैबीच पहिलो दिन आज १ लाख ५० हजार बढी रुपैयाँ संकलन भएको छ । वरिष्ठ समाजसेवी खड्काले गर्नुभएको सहयोगसहित आज पहिलो दिन सो रकम संकलन भएको थियो । यस्तै ५ भन्दा बढी क्विनटल धान तथा चामल पनि सहयोगस्वरुप संकलन भएको छ । कार्यक्रमको मिडिया पार्टनरको रुपमा रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज र भक्ति दर्शन टेलिभिजन रहेका छन् । कार्यक्रममा हरेक दिन ११ बजेदेखि अमृतमय कथावाचन हुने छ भने साँझ ७ बजेदेखि १० बजेसम्म स्थानीय तथा कलाकारले भजनसहित संगितमय भजन प्रस्तुत हुने जनाइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  २ : ४० बजे