५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

डुङ्गहवामा जारी नकआउट फुटवलमा मुहान विजयी, लव नेपाल अभागी



मायादेवी अनलाइन ।

कपिलवस्तुको बाणगंगाा ४ डुङ्गहवामा हिजोबाट सुरु भएको नकआउट अन्तर वडास्तरयि फुटवल प्रतियोगितामा आज २ खेल सम्पन्न भएका छन् । डुङगा खेल मैदानमा आज सम्पन्न पहिलो खेलमा मुहान क्लव झुँगा विजयी भएको छ । झुँगाले नव दुर्गा भवानी चप्परगाउँलाई ४–० गोल अन्तरले पराजित गरी अघिल्लो चरण प्रवेश गरेको हो । आजको दोश्रो खेलमा वाणगंगाा वेलफेयर सोसाइटी विजयी भएको भयो । निर्धारित समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।Image may contain: 10 people, people standing, grass, tree, sky, outdoor and nature

टाइब्रेकरमा  पनि ४–४ को बराबरी भएपछि बाणगंगाा सडन डेथमा विजयी भयो । सडन डेथमा बाणगंगााले ३ तथा पिपराले २ गोल गर्दा समग्रमा बाणगंगाा ७–६ गोल अन्तरले विजयी भयो ।  सडन डेथमा अभागी बनेको पिपरा पराजित भएसंगै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा भोली पनि २ खेल हुने आयोजकले जनाएको छ । यसअघि हिजोको खेलमा गजेहडाले सनराइज बोडगाउँलाई पराजित गरेको थियो । प्रतियोगिताको विजेताले नगद ७५ हजार शिल्ड मेडल र प्रमाण पत्र र  दोश्रो हुने टिमले ५५ हजार शिल्ड मेडल र प्रमाण पत्र पाउनेछ ।

 

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  १ : ५९ बजे