५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दाङ बस दुर्घटना अपडेटः सहचालकको मृत्यु, ३४ घाइते



दाङ ।

दाङमा सोमबार दिउँसो बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने ३४ यात्रु घाइते भएका छन् । घोराही होलेरी सडक खण्डको घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दह नजिक रोल्पाको बागमाराबाट घोराही आउँदै गरेको ना ४ ख ६०९४ नम्बरको बस सडकमै पल्टिँदा सहचालक रोल्पा रुन्टीगढी गाउँपालिका-७ का २३ वर्षीय हर्कबहादुर पुनको मृत्यु भएको हो ।

बस तीव्र गतिमा रहेको र जिपलाई ओभरटेक गर्दा दुर्घटना भएको यात्रु दिपक बिकले जानकारी दिए । बस सडक छेउमा रहेको कल्भर्टमा ठोक्किएर आएको दिशातर्फ नै फर्किएको छ । गम्भीर केही घाइतेहरुलाइ घोराहीमा प्रारम्भिक उपचारपछि जिल्ला बाहिर पठाइएको छ । अन्य घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  १२ : ०९ बजे