५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दाङमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते



दाङ ।

रोल्पाबाट दाङ तर्फ आउँदै गरेको ना ४ ख ६०९४ नम्बरको यात्रुबहाक बस घोराही उपमहानगरपालिका वडा नं १३ बाह्रेकुने दह नजिकै दुर्घटना भएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कुल २९ यात्रु रहेकोमा २४ आत्रु सामान्ने रहेको तथा दुई जनाको अवस्था भने गम्भीर रहेको छ।

साढे ३ बजेतिर भएको दुर्घटनामा परि घाइते भएकाको उद्धार जारी रहेको तथा त्यसमध्ये अधिकांशलाई  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचारको लागि ल्याइसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ११ : ४९ बजे