५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

हट्यो स्वतन्त्र मधेस गठबन्धन, बन्ने भयो जनमत पार्टी



सिरहा ।
पृथकतावादी गतिविधि त्यागेर मुलधारको राजनीति गर्ने ११ बुँदे सहमति गरेका सीके राउतले नयाँ पार्टी दर्ता गर्ने भएका छन् । सोमवार लहानको मारवाडी सेवा सदनको भवनमा सम्पन्न स्वतन्त्र मधेश गठबन्धनको केन्द्रीय परिषद बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय भएको बैठकपछि सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख छ । लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्वा्चित गरेको छ ।
पार्टीको अध्यक्षमा डा. सिके राउत रहेका छन् भने ३४ जना सदस्य छन् । बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भनेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ११ : ४१ बजे