५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

टेस्ट क्रिकेटमा अफगानिस्तानको ऐतिहासिक जित



एजेन्सी । 

अफगानिस्तानले टेस्ट क्रिकेटमा ऐतिहासिक जित हासिल गरेको छ । आयरल्यान्डलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले पहिलो टेस्ट  खेल जितेको हो ।

पहिले ब्याटिङ गरेको आयरल्यान्डले पहिलो पारीमा मात्र १ सय ७२ रन बनाएको थियो । जवाफमा अफगानिस्तानले ३ सय १४ रन बनाउँदै १ सय ४२ रनको अग्रता बनाएको थियो । त्यसपछि दोस्रो इनिङमा आयरल्यान्ड मात्र २ सय ८८ रनमा समेटिएपछि अफगानिस्तानले १ सय ४७ रनको लक्ष्य पाएको थियो । जुन लक्ष्य अफगानिस्तानले तीन विकेट गुमाउदै पूरा ग¥यो ।

अफगानिस्तानको जितमा दुवै इनिङमा राहमत शाहले उत्कृष्ट ब्याटिङ गरे । पहिलो पारीमा ९८ रन बनाएका उनले दोस्रो पारीमा ७६ रनको योगदान गरे । यस्तै इहसनुल्लाह जानत ६५ रनमा अविजित रहे ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ९ : १९ बजे