५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दुर्घटनाको विषयलाई लिएर चितवनमा झडप, अश्रु ग्यास प्रहार



चितवन ।
एक बालकलाई बोलेरो जिपले ठक्कर दिई मृत्यु भएको विरोधमा सडक अवरुद्ध गरिरहेकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । चितवनको रत्ननगर–१० स्थित निपनि चोकमा टायर बालेर सडक अवरुद्ध गरिरहका स्थानयहरुमाथि प्रहरीले लाठी तथा केही सेल अश्रु ग्यास प्रहार गरी सो क्षेत्रबाट तितरवितर पारेको छ । प्रहरीले निपनी चोकमा ४ घण्टादेखि अवरुद्ध सवारी आवागमन खुलाउने प्रयास गर्दा झडप भएको हो । पूर्वपश्चिम राजमार्गअन्तरर्गत निपनि चोकमा सोमबार बिहान साढे ९ बजे ना४च ५००७ नम्बरको बोलेरो जिपले बालकलाई टक्कर दिई मृत्यु भएको थियो ।
मृत्यु हुनेमा स्थानीय कैलाश टोल बस्ने १३ वर्षीय वसन्त थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडकमा साइकल चलाइरहेको अवस्थामा थापालाई जिपले ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भएका उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
सयौंको संख्यामा उपस्थित स्थानीयले बालकलाई ठक्कर दिने चालक र सवारीलाई नियन्त्रणमा लिन माग गर्दै सवारी आवागमन ठप्प पारेका हुन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ८ : १३ बजे