५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गुप्ताको टिमलाई जिल्ला स्तरिय व्याडमिन्टनको उपाधि



मनिष गुप्ता, बहादुरगञ्ज ।
कपिलवस्तुको कृष्णनगरमा जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । इण्डो नेपाल सामाजिक मञ्चले आयोजना गरेको नकआउट व्याडमिन्टन प्रतियोगिताको उपाधि श्रवण गुप्ताको टिमले जितेको छ । शुक्रवार देखि सुरू भएको प्रतियोगितामा कुल १४ टिमले सहभागिता जनाएका थिए ।
फाईनल प्रतियोगिता कृष्ण बहादुर के.सि. र श्रवण गुप्ताको टिम बिच भएको थियो । फाईनल प्रतियोगिताको पहिलो राउन्डमा कृष्ण बहादुर के.सि. ११ र श्रवण गुप्ताले २१ प्वाईन्ट बनाएका थिए ।
दोस्रो राउन्डको खेलमा कृष्ण बहादुर के.सि.१० र श्रवण गुप्ताले २१ प्वाईन्ट बनाई बिजेताको उपाधि गुप्ताले आफ्नो हाता पारेको इण्डो नेपाल समाजिक मंचका अध्यक्ष अकरम पठानले जनाएका छन ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ७ : ४६ बजे