५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

उपचाररत पूर्वमुमा बडामहारानी रत्न डिस्चार्ज



काठमाडौं ।

अस्वस्थ भएपछि ६ दिनअघि नर्भिक अस्पतालमा भर्ना गरिएकी पूर्वमुमाबडामहारानी रत्न शाह सोमबार अस्पतालबाट डिस्चार्ज भएकी छिन् । गत फागुन २१ मा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएकी रत्नको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिन्द्र पाठकले जानकारी दिए ।

एक सातादेखि लागेको खोकीको घरमै उपचार गरिरहेकी ९१ वर्षीया रत्नलाई पखला लाग्ने र पिसाब कम हुने समस्या थपिएपछि परिवारले गत मंगलबार नर्भिक र्पुयाएको थियो । परीक्षण रगतमा संक्रमण भएको पाइएको पत्ता लागेको थियो ।

सेतो रक्तकोषको मात्रा बढेर ३० हजार पुगेको थियो । सामान्य अवस्थामा यो उमेरको व्यक्तिमा तीन हजार ५०० प्रतिएमसिएल हुनु पर्दछ । रत्नलाई लिन पूर्वयुवराज पारस शाह र पूर्वरानी कोमल शाहले अस्पताल पुगेका थिए ।

रत्नको उपचारमा डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे, डा. ब्रजेन्द्र श्रीवास्तवको टोली खटिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ६ : ५६ बजे