५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी किशोरीको निधन



मायादेवी अनलाइन, चन्द्रौटा ।
आइतबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी किशोरीको निधन भएको छ । महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको शिवराज नगरपालिका ५, खैरीमा मोटरसाइकलको ठक्करबाट १६ बर्षिय कमला बस्याल गम्भिर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस्याल शिवराज नगरपालिका २, बालापुरकी हुन् । शिवपुरबाट चन्द्रौटातर्फ आइरहेको ना ६ प ७४२१ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक शिवराज नगरपालिका १ बस्ने वर्ष २१ का सुशान्तराज थापा, तथा मोटरसाइकलमा सवार सोही ठाउँका २१ वर्षिय सन्दीप पोख्रेल र कपिलबस्तु नगरपालिका ९, श्रीनगर बस्ने वर्ष २० का दिलीप बञ्जाडे सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ६ : ४८ बजे