५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

काठमाडौं सहित आसपासका क्षेत्रमा भूकम्पको गम्भिर धक्का



काठमाडौँ ।

काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा सोमबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चितलाङ केन्द्रविन्दु भएर बिहान ९ बजेर १ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्प मापन केन्द्रका अनुसार यो ७२ सालमा गएको भूकम्पकै पराकम्पन हो । क्षतिको विवरण भने संकलन भएको छैन ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ४ : २८ बजे