अराज बेल्बासे, चन्द्रौटा ।
प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले कपिलबस्तुको बिभिन्न स्थानको अबलोकल गर्नु भएको छ । मन्त्री बरालले शिबराज नगरपालिकामा रहेको नेपाल आर्दश बहुमुखी क्याम्पसको अबलोकन गर्दै क्याम्पसको सुधार गर्न शिक्षकहरुले मेहनत गर्नु पर्ने बताउनुभयो ।
प्रदेशले बजेट बिनियोजन गर्दैमा क्याम्पसको बिकास नहुने भन्दै शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षकहरु नै लागेमा बिद्यार्थीको आकर्षण आफै बड्ने बताउनुभयो । प्रदेश सरकारको तर्फबाट यसै क्षेत्रका प्रदेश सांसद अर्जुन केसीको पहलमा पहिलो चरणमा २५ देखी ३० लाख बिनियोजन गरेको बताउदै आगामी दिनमा समेत सहयोगको प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
प्रदेश सरकारले दिएको सहयोग रकम तलव भत्तामा प्रयोग गर्न नपाइने बताउदै आगिंक क्याम्पसहरु प्रति बिश्वास कम हुदै गएको भन्दै प्रदेश सरकार क्याम्पसहरुलाई आगिक गराउने पक्षमा नरहेको बताउनुभयो । बिद्यार्थीहरुले गुणस्तर चाहेकोले क्याम्पसहरुले गुणस्तरमा ध्यान पुराउनुपर्ने बताउनुभयो ।
प्रदेशसरकाले सम्पूर्ण क्याम्पसहरुलाई सहयोग गर्न योजना अघिसारेकोले पनि समुदायबाट सञ्चालन भएका क्याम्पसहरुमा नै प्रदेशले बढी लगानी गर्ने बरालले बताउनुभयो । यस्तै मन्त्री बरालले शिबपुर स्वास्थ्य चौकीको समेत निरिक्षण गर्नु भएको छ ।
शिबपुर स्वास्थ चौकीको आफ्नो भवन नहुँदा वडाको कार्यालयमा सञ्चालन गर्नु परेको शिबपुर स्वास्थ चौकीका इञ्चार्ज लेखनाथ पौडेलले जानकारी गराउनु भएको थियो । दुबै कार्यालय एकै ठाउमा सञ्चालन भएकोले पनि ब्यवस्थापनको लागी सक्दो पहल गर्ने बताउनु भयो । यस्तै मन्त्री बरालले नेपाल आर्दश माविको समेत निरिक्षण गर्नु भएको थियो ।
निरिक्षणको क्रममा भवनको अभाव रहेको बिद्यालयका प्रध्यानाध्यापक मुक्ति पोख्रेलले जानकारी गराउनु भएको हो । पुरानो भवन भएकोले इञ्जिनरको रिर्पोट पेस गरेका ट्रस्ट निमाणको ब्यवस्था गर्ने मन्त्री बरालले आश्वासन दिनु भयो ।
प्रतिक्रिया