५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सवारी दुर्घटनामा परी कपिलवस्तुमा चार घाइते, साइकलयात्री गम्भीर



सीताराम चौधरी, कपिलवस्तु ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका ५, खैरीमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
शिवपुरबाट चन्द्रौटातर्फ आइरहेको ना ६ प ७४२१ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी साइकलयात्री शिवराज नगरपालिका २, बालापुरकी १६ वर्षीय कमला बस्याल गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते बस्याललाई थप उपचारका लागि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
यस्तै मोटरसाइकल चालक शिवराज नगरपालिका १ बस्ने वर्ष २१ का सुशान्तराज थापा, तथा मोटरसाइकलमा सवार सोही ठाउँका २१ वर्षे सन्दीप पोख्रेल र श्रीनगर ९, निग्लिहवा बस्ने वर्ष २० का दिलीप बञ्जाडे सामान्य घाइते भएको प्रहरीले बताएको छ । दुर्घटना साँझ करीब साढे ६ बजे भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  २ : ५५ बजे