५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

शिवराजमा नमुना कामको थालनी, गर्भवती पहिचान गर्न घर घरमा झण्डा !



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा गर्भवती पहिचानका लागि प्रत्येक गर्भवती भएका घरमा झण्डा लगाइने भएको छ । एक कार्यक्रमका बीच घरमा लगाइने झण्डा सार्वजनिक गरिएको छ ।

घरमा गर्भवती रहेको संकेत गर्न झण्डा लगाई सम्पुर्ण सुचक पुरा भएको नभएको अनुगमन गर्न सरोकारवालाहरुलाई सजिलो हुने शिवपुर स्वास्थ्य चौकीका इन्चार्ज लेखनाथ पौडेलले बताए ।

शिवराज नगरपालिका वडा नं. १ मा रहेको शिवपुर स्वास्थ चौकीले घरमा सुत्केरी गराउने संख्या घटाउन र स्वास्थ्य चौकीमा डेलीभरी बढाउने र शिशु र आमाको मृत्युदर घटाउनका लागि नगरपालिकाले पहिलो चरणमा वडा नं. १ वाट गर्भवती पहिचान कार्यक्रम शुरुवात गरेको हो ।

केही महिना पछि यो कार्यक्रम सम्पुर्ण वडामा लगिने शिवराज नगरपालिकाका प्रशासकीय प्रमुख शेषकान्त पौडेलले बताए । गर्भवती पहिचान कार्यक्रमको झण्डा प्रदेश सासंद अर्जुन कुमार के.सी. र शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

शिवराज नगरपालिका वडा न १ मा रहेको शिवपुर स्वास्थ्य चौकीमा अहिले ६० जना गर्भवती महिलाहरु नियमीत चेकजाँच गर्दै आएका छन् । गर्भवती घर पहिचान गर्न सके सेवा तथा परामर्श दिन सहज हुने गर्भवती आमाहरुको लेखाजोखा गरी समयमै उचित सल्लाह दिन सकिने स्वास्थ्य चौकी इन्चार्ज पौडेलले कार्यक्रमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  २ : ३९ बजे