५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाउँ गाउँमा घुम्ती शिविर, नागरिकमा छायो खुसी



बिष्णु कुमार आले, अर्घाखाँची । 

अर्घाखाँचीको पाणीनी गाउँपालिका ५ का ८२ बर्षिय प्रेम नारायण भट्टराई गाँउमा घुम्ती सिबिर आउने थाहापाए पछि उनी लामो समय पैदल हिडेर सिबिरमा पुगे । आफ्नो गाउँमा सरकारी कार्यालयका सम्पुर्ण सेवा जनताले पाएको देख्दा उनी अत्यन्तै खुसी पनि भए । सदरमुकामबाट पाईने सेवा सुबिधा सरकारी टोली गाउँमै आएर दिदा उनि मात्र होईन घुम्ती शिविरमा आएका सबै खुसी थिए ।

शिबिर पुगेर आफ्नो स्वास्थ्य परिक्षण गराएकी ७२ बर्षिय बाल कुमारी गौतमले औधि खुसी हुदै भनिन् सदरमुकाम पुगेर उपचार गर्न समस्या थियो , अहिले गाउँमा शिबिरमा आएका डाक्टरलाई स्वास्थ्य जाँच गराएपछी डाक्टर साहावले खान दिएको ओखती खाएपछी सन्चो लाग्ने विस्वास लिएकी छन्  ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र पाणीनी गाँउपालीकाको समन्वय तथा आर्थिक सहयोगमा दुर्गाफाँटमा संचालन भएको एकिकृत घुम्ती शिबिरमा जिल्लाका १४ वटा कार्यालयले सेवा दिएका थिए । एकिकृत घुम्ति शिबिरमा २ सय ८३ जनाले नेपाली नागरिकताको प्रमाण पत्र पाएका छन् भने ४ सय ५५ जनाले जेष्ट नागरिक परिचय पत्र, १७ सय ९५ जनाले आँखा,पाठेघर,सुगर रोग सम्बन्धि निशुल्क स्वास्थ्य परिक्षण गराएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले जानकारी दिए ।

त्यस्तै शिबिरमा ३ सय ४ जनाले फोटो सहितको मतदाता नामालिीमा नाम दर्ता गराएका छन । १ सय ८ जनालाई निशुल्क पशुको लागी औषधी बितरण गरिएको थियो भने नेपाल टेलीकमले १ सय ३१ जनालाई सिम, रिम, पोष्टपेट बितरण गरेको थियो । वन डिभिजन कार्यालय अर्घाखाँचीले गर्मीयाममा वनमा लाग्ने डढेलो नियन्त्रण, मानव वन्यजन्तु द्घन्द न्युनिकरण लगायतका बिषयमा परामर्स छलफल गरेको थियो ।

सुहाराले पोषण सम्बन्धी परामर्श चलाएको थियो भने कृषि ज्ञान केन्द्रले ५३ जना किसानको माटो परिक्षण गरेको थियो । पाणीनी गाउँपालीका अध्यक्ष अच्युत गौतमले शिबिरबाट धेरै जनताले लाभ लिएको बताउदै यस्तो सेवा स्थानिय तहबाट नियमित गर्ने योजना बनाएको बताए । त्यस्तै उपप्रमुख लक्ष्मी गौतमले शिबिरमा महिलाहरुले खुलेर स्वास्थ्य परिक्षण गराएको देख्दा आफुलाई खुसी लागेको भन्दै अबका दिनमा पालीका बाटै सेवा दिने बताईन् ।

जिल्ला प्रशासन कार्यालयले दुर्गम क्षेत्रका नागरिकलाई लक्षीत गरि उनीहरुले प्रत्यक्ष रुपमा गाउँमा सेवा पाउन सकुन् भन्ने उदेश्यले जिल्ला प्रशासनले स्थानिय तह सँग समन्वय गरि शिबिर संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  २ : ३० बजे