५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

निग्रोधाराम उत्सवकोे तयारी तीब्र, पर्यटनमन्त्री गिरीले उद्घाटन गर्ने



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्त नगरपालिका– २ स्थित निग्रोधाराम कुदानमा मनाईने प्रथम निग्रोधाराम उत्सवको तयारी तीब्र पारिएको छ । सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरी कपिलबस्तु फर्केको दिन फागुन शुक्ल पूर्णिमाको अवसर पारेर कपिलवस्तुमा पहिलोपटक निग्रोधाराम उत्सव मनाईदै छ । उत्सवको प्रदेश नम्बर ५ का पर्यटन मन्त्री लिलि गिरीले उद्घाटन गर्ने तय भएको छ ।
निगोधाराम उत्सवका बिषयमा तौलिहवामा राखिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताए । उनले उत्सवको तयारी तीब्र पारिएको बताए । २५ सय ६२ बर्ष अगाडि भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरी गृहनगर कपिलवस्तु फर्कदा भएको खुसीयालीको क्षण अनुभुति गराउन चैत ६ गते निग्रोधराम उत्सव मनाउन लागीएको हो ।
बुद्धले त्यस बेला भारतको राजगीरबाट अफना ३ सय जना अनुयायीसंगै निग्राधाराम आएका थिए । आफ्ना परिवार सहित त्यस बेला थुपै्रलाई बौघ संघमा प्रबेश गराएको ईतिहासकार बताउँछन । लुम्बिनी विकास कोषको आयोजना र कपिलवस्तु नगरपालिका वडा नम्बर २ को वडा कार्यालयको सहकार्यमा कपिलवस्तु सदरमुकाम तौलिहवाबाट ३ किलोमीटरको दुरीमा रहेको कुदान क्षेत्रमा आगामी चैत्र ६ गते उक्त उत्सव मनाइने लुम्बिनी बिकास कोषले जनाएको छ ।
उत्सव आयोजना क्षेत्र कुदानलाई बुद्ध धर्मग्रन्थ अनुसार निग्रोधारामको नामले समेत चिनिएको छ । यसलाई राजा शुद्धोधनको न्यायालय पनि भन्ने गरिन्छ । निग्रोधाराम क्षेत्रमा बसी बुद्धपूजा, ध्यान गर्दा धर्म तथा शान्ति प्राप्त हुने बौद्धमार्गीहरुको विश्वास रहेको छ । हरेक वर्षको बर्षायाममा विभिन्न देशका सयौं बौद्धमार्गीहरुले यहां महिना दिन सम्म बर्षाबास अर्थात् ध्यानमा बस्ने गर्दछन् ।
यहाँ दैनिकजसो श्रीलंका, थाईलैण्ड, जापान लगायत देशका सर्यौ बौद्धमार्गीहरु आई पुजा तथा प्रार्थना गर्ने गरेका छन् । फाल्गुण पुर्णिमाका दिन होली पर्व मनाइने हुंदा सोहि दिन खुसीयाली साटासाट गर्नका लागी र ऐतिहासिक महत्वलाई झल्काउनका लागी पहिलोपटक निग्रोधराम उत्सव २०७५ आयोजना गर्न लागिएको लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य तथा उत्सव आयोजना समितीका संयोजक राजेश ज्ञवालीले बताए ।
उत्सवको अवसरमा निग्रोधराम क्षेत्रमा दिप प्रज्जवलन, भिक्षुद्धारा पुजन, पुजापाठ, होली उत्साह साटासाट लगायतका कार्यक्रम तय गरिएको संयोजक ज्ञवालीले बताए । कपिलवस्तुको कुदान क्षेत्रमा बौद्धमार्गीहरुको दिनप्रतिदिन घुईचो लाग्दै जानुले समग्र जिल्लाको प्रचारप्रसार हुनुको साथै अन्र्तराष्ट्यि स्तरमा कपिलवस्तु एउटा उत्कृष्ट बौद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित हुदै गएको ज्ञवालीले बताए ।
सो अवसरमा उद्योग बाणिज्य संघ तौलिहवाका अध्यक्ष गयादीन कुर्मी, अधिकारकर्मी रबि ठाकुरले निगधारमामा गर्न लागिएको उत्सवले जिल्लामा रहेको पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग मिल्ने बिश्वास ब्यक्त गरे ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  १ : ३४ बजे