५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विप्लवलाई प्रतिवन्ध मात्र नभएर पुरै नियन्त्रणमा लिन्छौँः पिएम् ओली



काठमाण्डौँ ।
प्रधानमन्त्री केपी शार्मा ओलीले विप्लव नेतृत्वको नेकपा समूहलाई प्रतिबन्ध मात्र हैन अब नियन्त्रणको योजना बनाइएको बताउनुभएको छ । कुनै ठाउँमा दर्ता नै नभएको एउटा समूहका नाममा भएको बम पड्काउने, मान्छे मार्ने, धम्क्याउने र लुटपाट मच्चाउने जस्ता आतंकित पार्ने काम भएकोले सरकारले यसलाई नियन्त्रण गर्ने योजना बनाएको बताउनुभएको हो । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधि, कर्मचारी, व्यापारी तथा उद्योगीलाई समेत धम्क्याउने काम भएकोले लोकतान्त्रिक मूल्य र मान्यतामा चल्ने व्यक्तिहरुले जनतालाई आतंकित पार्न नहुने बताउनुभयो । उहाँले अंतकित गर्ने गतिविधिमा संलग्न रहेको समूहलाई प्रतिबन्ध लगाउँदैमा कसैले रुवाबासी गर्नु पर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले सिके राउतसँग भएको सहमतिको विषयलाई भने राज्य विखण्डन विरोध गतिविधि अन्त्य भएको बताउनुभयो । ओलीले विप्लव संग भएका अवैध हातहतियार तुरुन्त बुझाउन चेतावनी पनि दिनुभएको छ । ’प्रधानमन्त्री ओलीले सरकारमा मन्त्रीहरुको हेरफेर गर्ने बारेमा कुनै पनि निर्णय नभएको बताउनुभएको छ । उहाँले ‘अपूर्ण रहेका मन्त्रालयहरुलाई पूर्णता दिने तर मन्त्री मण्डल हेरफेर नहुने बताउँदै हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  १० : ४९ बजे