काठमाण्डौँ ।
चरम असन्तुष्टि चुलिरहेकै बेला नेकपाको जिल्ला भागवण्डा मिलेको छ । जिल्लाको एकिकरणमा ढिलाई भएर आचोचना भइरहेको बेला अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले सहमति गरेका छन् । अब सोही सहमति अनुसार नेतृत्व जिल्ला तहमा तत्कालीन एमालेबाट ५७ र तत्कालीन माओवादीबाट ४३ प्रतिशत हुनेछन् ।
सहमति अनुसार जिल्ला तहको नेता छान्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । जिल्ला तहमा रहने अध्यक्ष र सचिवको नामावलीसहितका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दुई अध्यक्षले तयार पारेको प्रस्तावलाई सचिवालय बैठकले असन्तम रुप दिनेछ । ओली र प्रचण्डले महासचिव विष्णु पौडेलको सहयोगमा प्रस्ताव तयार पार्नु भएको हो ।
७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्तावमाथि आइतबार बस्ने पार्टी सचिवालय बैठकमा छलफल हुँदैछ । केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले आइतबार बस्ने सचिवालय बैठकले तल्लो तहसम्मको एकता प्रक्रिया टुंगो लगाउन अन्तिम प्रस्ताव तयार पार्ने जानकारी दिनुभयो ।
बैठक समय भने तय भइसकेको छैन । पार्टी तल्लो तह र जनवर्गीय संगठनको एकतामा भएको ढिलाइले नेकपाभित्रै असन्तुष्टि बढेको थियो ।
प्रतिक्रिया