५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

९ मिनेटमा ६ बच्चाको जन्म !



एजेन्सी । 

अमेरिकामा टेक्सास राज्यको ह्युस्टनमा एक महिलाले एकैसाथ ६ बच्चाको जन्म दिएकी छिन् । अमेरिकाको द वुमन्स हस्पिटल अफ टेक्सासमा उनले ९ मिनेटको समयमा ६ बच्चा जन्माएकी हुन् ।

अस्पतालले दिएको जानकारी अनुसार थेलमा चौका नाम गरेकी महिलाले स्थानीय समय अनुसार गएको शुक्रबार स्थानीय समयअनुसार बिहान ४ बजेर ५० मिनेटदेखि ४ बजेर ५९ मिनेटको अन्तरालमा ४ छोरा र २ छोरीको जन्म दिएकी हुन् । अस्पतालले थेलमा चौका स्वस्थ रहेको पनि जनाएको छ ।

अस्पतालले दिएको बयान अनुसार नवजात शिशुहरुको तौल १ पाउण्ड १२ औंस २ पाउण्ड १४ औंससम्म रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  २ : ५४ बजे