५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विप्लव समूहमाथि गोली हान्न निर्देशन



काठमाडौं ।

नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ ।

सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ । घुँडामुनी गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने ।

विस्फोट र आगजनीका घटना बढाएरका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउनसक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । यो समाचार काशीराम डाँगीले कान्तिपुरमा लेखेका छन् । पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने उनीहरुको कुनै योजना नदेखिएको उनीहरुको विश्लेषण छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  १२ : ५० बजे