१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रचण्ड आज अमेरिका जाँदै, पत्नी सितालाई के भयो फेरि ?



काठमाण्डौँ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका जाँदै हुनहुन्छ । पत्नी सीताको उपचारका लागि अमेरिका जान लागेको उहाँको निजी सचिवालयले जनाएको छ । प्रचण्डसँगै पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्य अमेरिका जान लागेका हुन् । दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छन्।

छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप कमजोर भएकी छन् । गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए । रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लगेका थिए । आइतबार अमेरिका जाने निश्चित भए पनि स्वदेश फर्किने मिति भने तय भएको छैन ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  १२ : २५ बजे